१२ भाद्र २०८२, बिहीबार
Follow Us

यस्तो छ, २३ देशमा दशैंको टीका लगाउने शुभ साइत, बेलायतमा विहान १०.२१ मा टिका

नेपालब्रिटेन डट कम्
१३ आश्विन २०८१, आईतवार २१:१७

लन्डन: आउँदो दशैं पर्वको अवसरमा टीका ग्रहण गर्ने शुभ साइत अन्तर्राष्ट्रिय पात्रो निर्धारण समितिले घोषणा गरेको छ।

आइतबार सार्वजनिक सूचना जारी गर्दै, समितिले नेपालसहित २३ विभिन्न देशहरूका लागि टीका लगाउने समय प्रकाशित गरेको जानकारी दिएको छ।

समिति अध्यक्ष प्रा. डा. माधव भट्टराईले भारत, संयुक्त राज्य अमेरिका, क्यानाडा, अस्ट्रेलिया, जापान, बेलायत, दक्षिण कोरिया, इजरायल लगायतका विभिन्न देशहरूमा रहेका नेपालीहरूको चासोका कारण यस वर्ष २३ देशका ३२ स्थानहरूको स्थानीय समय अनुसार टीका लगाउने तालिका प्रकाशित गरेको बताउनुभयो। सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले टीका लगाउने शुभ साइत सबैभन्दा उपयुक्त भए पनि टीका दिनभरि नै ग्रहण गर्न सकिने बताउनुभयो।

यस वर्ष विजया दशमी शनिबार, अक्टोबर १२ मा परेको छ। समितिले नेपालमा सो दिन टीका लगाउने उत्तम समय बिहान ११:३६ रहेको उल्लेख गरेको छ।

धेरै पढिएको