५ भाद्र २०८२, बिहीबार
Follow Us

रवि लामिछाने पक्राउ

नेपालब्रिटेन डट कम्
२ कार्तिक २०८१, शुक्रबार १३:१३

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरेको हो।

लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले शुक्रबार प्रहरीलाई अनुमति दिएको थियो।

अदालतबाट अनुमति पाए लगतै कास्की प्रहरीले उनलाई पक्राउ गरेर पठाइदिन काठमाडौंका प्रहरी कार्यालयमा पत्र पठाएको थियो।

लामिछानेलाई शुक्रबार बेलुका नै गाडीमा पोखरा लैजाने तयारी छ।

धेरै पढिएको