लण्डन । आइतवार हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को साधारणसभा रोक्ने प्रयास दोश्रो पटक पनि विफल भएको छ ।
एनआरएनए निर्वाचन पराजित समूहका एक नेता आरके शर्माले हालेको साधारणसभाविरुद्धको रिट हेर्न नमिल्नेमा परेको हो ।
शुक्रवारका लागि पेसी तोकिएको रिट न्यायाधीश डा नहकुल सुवेदीले नहेर्ने भनेपछि हेर्न नमिल्नेमा राखिएको हो।
यसअघि गतसाता पाटन उच्च अदालतले यस्तै रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
संघको आइतबार हुने साधारणसभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गर्ने तय भएको छ। संघका केन्द्रीय पदाधिकारी तथा पूर्वअध्यक्षहरु काठमाण्डौंमा जम्मा भएका छन् ।