लण्डन । परराष्ट्र मन्त्री आरजु राणा अस्वस्थ भएकी छन् । काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा आजबाट शुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै कार्यक्रममा परराष्ट्र मन्त्री आरजु राणा अस्वस्थ भएको बताउँदै गृह मन्त्री रमेश लेखकले प्रतिनिधित्व गरेको जानकारी गराए । राणालाई ज्वारो आएको बताइएको छ ।
रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता मुख्य नारा दिएर सोल्टी होटलमा एनआरएनए डे र वार्षिक साधरणसभा सोल्टी होटलमा शुरु भएको छ।
विगत केही वर्षमा गैरआवासीय नेपालीको इमेज धुमेलिएको बताउँदै संघ एकजुट भएर देश र समुदायकोलागि काम गर्नुपर्ने बताए ।
‘सरकारको तर्फबाट गैरआवासीय नेपाली संघमा कुनै हस्तक्षेप गर्दैन। तपाईहरुले राजनीतिक दलको राजनीति संघमा नगरिदिनु,’ उहाँले भन्नुभयो,‘म एमालेको प्रधानमन्त्री होइन देशको हो। एनआरएनएको पदाधिकारी दलको होइन संस्थाको हुनुपर्छ।’
प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली नागरिकताको कुनै प्रयोग नभएको बताउँदै उपयोगी बनाउन के के गर्नुपर्ने हो प्रस्ताव ल्याउन आग्रह गर्नु भएको छ। उनले संसदबाट ऐन संसोधन गर्ने बताए ।
एनआरएनएलाई नेपालमा काम गर्नकोलागि पूर्वधार तयार भैसकेको बताए ।
‘सगठनलाई एकताबद्ध राख्न सक्नुभयो भने काम गर्न कुनै समस्या हुँदैन,’ उहाँले भन्नुभयो,‘नेपालमा काम गर्नकोलागि सडक, हवाई पूर्वधारले जोडिएकाले विकासकालागि सुगम भएको छ।’
विषेश अतिथि गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली एक जुट भएर राष्ट्रलाई योगदान गरेको बताए ।
‘गैरआवासीय नेपाली विश्वभर अवैतानिक दुतको रुपमा हुनुहुन्छ। नेपाललाई कसरी देखउनु हुन्छ नेपालको इमेज त्यस्तै बन्छ,’ गृहमन्त्री लेखकले भने गैरआवासीय नेपालीलाई नागरिकता नै दिएपनि त्यसको उपयोग हुन नसकेको बताए ।