२७ बैशाख २०८१, बिहीबार
Follow Us

संसद्को तेस्रो अधिवेशन सुरु

नेपालब्रिटेन डट कम्
८ जेष्ठ २०७४, सोमबार ११:१४

काठमाडौं । व्यवस्थापिका–संसद्को तेस्रो अधिवेशन आजदेखि सुरु भएको छ । बैठक सुरु हुनेबित्तिकै सभामुख ओनसरी घर्तीले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको पत्र वाचन गरेर सुनाउनुभएको भएको थियो ।
बैठकमा विभिन्न आन्दोलन तथा सङ्घर्षमा सहादत प्राप्त गर्नुभएका ज्ञात तथा अज्ञात सहिदप्रति दुई मिनेट मौनधारण गरिएको थियो ।
यस्तै, बैठकमा आर्थिक वर्ष २०७४-७५ को आयव्ययको अनुमानमाथि सैद्धान्तिक छलफलका लागि मङ्गलबार विचारविमर्श गर्ने गरी कार्यसूची तय भएको जानकारी गराइयो । सो छलफल आगामी आवको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा केन्द्रित हुने छ । व्यवस्थापिका–संसद्को अर्को बैठक मङ्गलबार बिहान ११:०० बजे बस्नेछ ।
आगामी आवको नीति तथा कार्यक्रम यही जेठ ११ गते प्रस्तुत गर्ने सरकारको तयारी छ । राष्ट्रपति भण्डारीले उक्त दिन सरकारको नीति तथा कार्यक्रम संसदसामु प्रस्तुत गर्नुहुनेछ ।