६ असार २०८२, शुक्रबार
Follow Us

पिएनओलाई परिचयपत्र दिन देउवा सकरात्मक

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०८१, बुधबार ०४:३१

लण्डन । नेपाली मुलका विदेशी नागारिकहरू (पिएनओ) लाई नेपाली मुलको परिचयपत्र उपलव्ध गराउन नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सकरात्मक देखिएका छन् ।
गैरआवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष कुमार कार्की सहितको प्रतिनिधि मण्डलको भेटमा देउवाले पिएनओलाई परिचय पत्र लिन सकिने बताएका हुन् ।

कार्कीले देउवासँग बुधवार बिहान भएको भेटमा गम्भीर र सकारात्मक कुराकानी भएको बताए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघको साधारणसभाको उद्धघाटन गर्दै नेपाली मुलका विदेशी नागारिकहरू परिचयपत्रको व्यवस्था गर्न कुनै समस्या नरहेको बताएका थिए ।