६ माघ २०८१, आईतवार
Follow Us

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी को कमाइ २३ करोड माथी

नेपालब्रिटेन संवाददाता
३० कार्तिक २०८१, शुक्रबार ०५:४०

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा रेकर्ड तोडेको छ । दुई वर्षअघि ‘कबड्डी ४’ले २३ करोड ५० लाख (निर्माताको दाबीअनुसार) कमाउँदै सर्वाधिक कमाई गर्ने नेपाली फिल्मको कीर्तिमान बनाएको थियो । यो आँकडा ‘सारङ्गी’ले १३ दिनमा नै कटाएको छ ।

फिल्मले मंगलबारसम्म २५ करोडमाथि कमाई गरेको वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टको दाबी छ । ‘सारङ्गी’ले सर्वाधिक कमाईको रेकर्ड मात्र बनाएको छैन, धेरै शो पाउने र एकैदिन धेरै कमाई गर्ने फिल्मको कीर्तिमान पनि रचेको छ ।

फिल्मले पहिलो हप्ताको अन्त्यबाट साढे ४ सय बढी शो पाएको थियो भने दोस्रो हप्ताको शनिबार ३ करोड ८९ लाख कमाउँदै एकैदिन सबैभन्दा बढी कमाई गर्ने फिल्मको कीर्तिमान बनाएको थियो । यसअघि बनेका प्रायः सम्पूर्ण रेकर्ड फिल्मले तोडेको छ ।