१२ माघ २०८१, शनिबार
Follow Us

सिटी एक्सप्रेस नेपाल सरकारबाट ‘सबैभन्दा बढी कर तिर्ने रेमिटेन्स कम्पनी’ को रूपमा सम्मानित

नेपालब्रिटेन डट कम्
१ मंसिर २०८१, शनिबार १५:४९

आ.व. २०७९/८० मा नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने रेमिटेन्स कम्पनीहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीको रूपमा सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल सरकारद्वारा सम्मानित भएको छ। अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागले आज काठमाडौंमा आयोजित एक विशेष समारोहमा सिटी एक्सप्रेसलाई कदर पत्र प्रदान गरी यो सम्मानले सम्मानित गरेको हो।

समारोहमा, सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र कम्पनीका अन्य उच्च अधिकारीहरूले नेपालको आर्थिक समृद्धिमा सिटी एक्सप्रेसको योगदानलाई महत्त्वपूर्ण मान्दै यस सम्मानको लागि सरकारको आभार व्यक्त गरेका छन्। चन्द्र टण्डनले भने, “आज नेपाल सरकारबाट सबैभन्दा बढी कर तिर्ने रेमिटेन्स कम्पनीको रूपमा सम्मानित हुन पाउँदा हामी अत्यन्तै गौरवान्वित छौं। यस अवसरमा हामीलाई यो उचाइमा पुर्‍याउन सहयोग गर्नु हुने हाम्रा सम्पूर्ण ग्राहकप्रति हार्दिक आभार व्यक्त गर्दै, सिटी एक्सप्रेस परिवारको अथक परिश्रमलाई सम्मान गर्न चाहन्छौं।”

सिटी एक्सप्रेसको यो सफलता नेपालको आर्थिक समृद्धिमा रेमिटेन्सको योगदानलाई अझ सुदृढ बनाउने छ। कम्पनीले हाम्रा ग्राहकहरूको विश्वास र सहयोगले यो ठूलो उपलब्धि प्राप्त गरेको र यसलाई निरन्तर सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यो सम्मान प्राप्त गर्दै, सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सेवा र गुणवत्ता कायम राख्दै, भविष्यमा पनि नेपाली समाज र अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने बताएको छ।

अन्त्यमा, सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सम्पूर्ण सिटी एक्सप्रेस परिवारलाई हार्दिक बधाई र आभार प्रकट गरिएको छ।

स्रोत: सिटी एक्सप्रेस