२४ बैशाख २०८१, सोमबार
Follow Us

गला अवरुद्ध पार्दै प्रधानमन्त्री दाहालद्वारा राजीनामा

नेपालब्रिटेन डट कम्
१० जेष्ठ २०७४, बुधबार १२:१८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रको नाममा सम्बोधन गरिसकेपछि राजीनामा दिएका छन् । सम्बोधन सकिएपछि आफू सिधै राष्ट्रपति निवास पुगेर राजीनामा बुझाउने घोषणा गरे । नेपाली राजनीतिमा इमान्दिरताको खडेरी परेका बेला आफूले सत्ता साझेदार दलसँग भएको सहमति पालना गर्न राजीनामा दिएको बताए ।
सम्बोधन क्रमको अन्त्यतिर प्रधानमन्त्रीले आफू राजीनामा दिन कुरा गर्दा पटक पटक गला अवरुद्ध भएको थियो । आफू संकटका बेला प्रधानमन्त्री भएको भन्दै आफ्नो १० महिने कार्यकालको उपलब्धी पढेर सुनाएका थिए । उनले आफ्नो कार्यकालको फेहरिस्ता यसरी लगाएका थिए ।
अप्ठ्यारो परिस्थितिमा प्रधानमन्त्री वनेको थिएँ । भुकम्प पीडितको पुनर्वास र पुननिर्माण प्राथमिकतामा छ । त्यसका लागि पुननिर्माण प्राधिकरणको नेतृत्व नै परिवर्तन । निर्वाचन हुनु समग्रमा राष्टको जीत । संविधान कार्यान्वयनको बाटोमा निकै अघि वढीसक्यो । सिंहदरवारका लागि मध्यस्त छानेका छैनन्, जनताले सिधै आफ्नो सिंहदरवार छानेको छ । लोडसेडिङ हटाएर महत्वकांक्षी उज्यालो नेपाल अभियान सफल भएको । उर्जा क्षेत्रमा ठूलो परिवर्तन गरेको । फास्ट ट्याक, ओविओआर लगायतका विषयमा अविश्वास थियो । सरकारमाथि नियोजित दुष्प्रचार नै चल्यो तर त्यसलाई चिर्ने काम गरें । चौविस वर्ष यताकै सवै भन्दा वढी आर्थिक वृद्धिदर । २० वर्षे गाडि हटाएर प्रदुषण कम गर्ने प्रयास भएको । विदेशमा काम गर्न जाने युवाहरुलाई धेरैभन्दा धेरै सुविधा दिइएको छ । सीमा क्षेत्र विकास कार्यक्रमलाई अन्य १२ जिल्लामा पनि लागु गरेको छ, आफ्नै भूउपग्रह सञ्चालनका लागि ग्लोबल टेण्डर आह्वान गरेको । छिमेकीहरुसंगको सम्बन्ध थप सन्तुलित र सुदृढ गरेको । भारत र चीन दुवै देशसँग राजनीतिक र जनस्तरमा पनि सम्बन्ध विस्तार, बुढीगण्डकी जलाशय युक्त जलबिद्युत परियोजना चीनलाई बनाउन दिइएको छ । हामी सबै एकै ठाउँमा उभिएर राष्ट्र विकासका लागि क्रान्ति गरौं भन्दै आफ्नो सम्बोधन टुंग्याएका थिए ।