२८ मंसिर २०८१, शुक्रबार
Follow Us

सन्जित युके प्रस्थान

नेपालब्रिटेन संवाददाता
८ मंसिर २०८१, शनिबार ०६:५३

काठमाडौं । डब्लुएमएसी वेल्स खुला प्रतियोगितामा सहभागी हुन सन्जितकुमार राई आज युकेको साउथ वेल्स प्रस्थान गरेका छन् । सन्जितलाई सफलताको शुभकामना दिँदै नेपाल उमा कुङफु सङ्घका महासचिव कमल मगरले आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो ।

नोभेम्बर २४ तारिखमा इबिबीडब्लु भेल लिजर सेन्टर, साउथ वेल्समा हुने प्रतियोगितामा सन्जितले दुई स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । उनले चाइनिज क्रिएटिभ फम र चाइनिज ट्रेडिसनल फममा प्रतिस्पर्धा गर्नेछन् । यसअघि सन्जितले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई स्वर्ण र एक कास्य जितिसकेका छन् ।

उनले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स गेम्समा एक स्वर्ण र एक कास्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई फरक संस्करणमा सन्जितले दुई स्वर्ण जितेका छन् ।

सन्जितले भारत, अष्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नाका साथै विभिन्न घरेलु प्रतियोगितामा मुख्य निर्णायका रूपमा पनि काम गरेका थिए । सन्जित नेपाल उमा कुङफु सङ्घका नवनिर्वाचित अध्यक्ष पनि हुन् ।