३२ असार २०८२, बुधबार
Follow Us

पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित)

नेपालब्रिटेन संवाददाता
१८ मंसिर २०८१, मंगलवार १३:१२

काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते हुने भएको छ ।

आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै महासंघले सो जानकारी दिएको हो । सार्वजनिक कार्यतालिका अनुसार यसै साता अर्थात मङ्सिर २१ गते शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।

त्यसैगरी मङ्सिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने मतदान मङ्सिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ ।

प्रदेश समितिको मनोनयन मङ्सिर २४ गते जिल्ला शाखा र प्रतिष्ठान शाखाको मङ्सिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउनुहुन सम्बन्धित निर्वाचन समितिलाई अनुरोध समेत गरिएको छ ।

धेरै पढिएको