२८ आश्विन २०८२, मंगलवार
Follow Us

राष्ट्रिय सभा गृह परिसरमा पिएल सिंहको सालिक बनाउने घोषणा

नेपालब्रिटेन संवाददाता
१४ पुष २०८१, आईतवार १३:३१

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वमेयर प्रेमलाल सिंह (पिएल) को सालिक बनाउने घोषणा गरेको छ ।मेयर बालेन शाहले पूर्वमेयर सिंहको पूर्णकदको सालिक राष्ट्रिय सभा गृह परिसरमा निर्माण हुने घोषणा गरेका छन् ।‘काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख पिएल सिंहको २०८१ पुस १ गते निधन भएको थियो।

उनको सम्झनामा काठमाडौं महानगरपालिकाले आफ्नो संरक्षणमा रहेको राष्ट्रिय सभा गृह परिसरमा पूर्णकदको सालिक निर्माण गर्ने घोषणा प्रमुख बालेन शाहले यसै सभामार्फत् घोषणा गरेका हुन् ,’ नगर सभाको आइतबार भएको १६ औं अधिवेशनबाट जानकारी दिएका छन् ।

सिंह प्रजातन्त्र पुनर्स्थापनालगत्तै २०४९ सालमा भएको स्थानीय निकाय चुनावबाट काठमाडौंको मेयर निर्वाचित भएका थिए। उनकै पालामा काठमाडौं महानगरपालिकामा रूपान्तरण भएको थियो।

धेरै पढिएको