३ फाल्गुन २०८१, शनिबार
Follow Us

उपाधिका लागि आज मच्छिन्द्र र चर्च ब्वाइज खेल्दै

नेपालब्रिटेन संवाददाता
१५ पुष २०८१, सोमबार ०५:५१

काठमाडौं । फाल्गुनन्द गोल्डकप फुटबलको उपाधिका लागि आज मच्छिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दैछन् ।

पाँचथरको फिदिममा भइरहेको खेलमा न्यूरोड टीम एनआरटीलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा पुगेको हो । यस्तै आयोजक फिदिम स्पोर्टिङ क्लबलाई हराउँदै चर्च ब्वाइज फाइनलमा पुगेको हो ।

प्रतियोगिताको विजेता टोलीले १० लाख पाँच सय ५५ र उपविजेता टोलीले पाँच लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । पुस ६ गतेदेखि शुरू भएको प्रतियोगितामा नेपाल र भारतका १० टिम सहभागी थिए ।