१७ फाल्गुन २०८२, आईतवार
Follow Us

मध्यपूर्वमा रहेका सबै नेपाली नागरिक सुरक्षित छन्: सरकार

नेपालब्रिटेन संवाददाता
१७ फाल्गुन २०८२, आईतवार १३:४७

काठमाडौँ । मध्यपूर्वमा बढ्दै गएको तनावलाई मध्यनजर गर्दै सरकारले सम्बन्धित देशका नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न निर्देशन दिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिएका हुन् ।

उनकाअनुसार बैठकमा मन्त्रीहरूले खाडी मुलुकमा तनाव बढ्दा नेपालको विमानस्थलमा देखिएका समस्या समाधान भइसकेको ब्रिफिङ गरेका छन् ।

उनले प्रभावित क्षेत्रका लागि आधिकारिक ट्राभल एडभाइजरी जारी गरिएको जानकारी समेत जानकारी समेत गराए । ट्रान्जिटमा परेका नेपाली कामदार तथा उपचारका लागि गएका बिरामीहरूलाई परेको असुविधा सम्बन्धित देशस्थित नेपाली राजदूतावासहरूसँग समन्वय गरी उनीहरूलाई गन्तव्यसम्म पुर्याउने व्यवस्था मिलाइएको समेत मन्त्री शर्माले जानकारी दिए ।

उनले हालसम्म मध्यपूर्वमा रहेका नेपाली नागरिकमध्ये कसैको पनि हताहत नभएको र सुरक्षाका आवश्यक प्रबन्ध मिलाइसकिएको जानकारी गराए ।

धेरै पढिएको