२९ पुष २०८१, सोमबार
Follow Us

एनआरएनए ‘१६ औं यूरोप क्षेत्रीय सम्मेलन’ मार्च अन्तिम साता माल्टामा हुने

नेपालब्रिटेन डट कम्
१७ पुष २०८१, बुधबार २१:१२

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १६ औं यूरोप क्षेत्रीय सम्मेलन आगामी मार्च महिनाको अन्तिम साता माल्टामा आयोजना हुने भएको छ।

गैरआवासीय नेपाली संघका यूरोप संयोजक चिरन्जीबी खड्काका अनुसार, संघले मार्च २८ देखि ३० तारिखसम्म सो सम्मेलनको आयोजना गर्ने निर्णय गरेको हो।

सम्मेलनमा नेपालमा हुने गैरआवासीय नेपालीहरूको १० अर्ब लगानी, एनआरएनए नागरिकता, संघका नियमित मुद्दासहित यूरोप क्षेत्रमा नेपालीहरूले भोगेका समस्याहरू र तिनका समाधानको बारेमा छलफल हुने आयोजकले जानकारी दिएको छन्।

सम्मेलनमा गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारीहरू, नेपाल सरकारका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघ, पत्रकारहरू, एनआरएनए अन्तर्राष्ट्रिय कमिटीका केन्द्रीय अध्यक्षहरू, पूर्वअध्यक्षहरू, पत्रकारहरू र संस्थापकहरूको उपस्थिती रहनेछ। युरोप क्षेत्रीय सचिव भुवन अर्यालले सम्मेलनको तयारी प्रगतिको जानकारी दिँदै भने, “सम्मेलनको तयारी अन्तिम चरणमा छ। हल बुकिङ्गसहित अन्य आवश्यक तयारी कामहरु भइरहेका छन्।”

सम्मेलनको व्यवस्थापनको जिम्मा गैरआवासीय नेपाली संघ माल्टाले लिएको छ। युरोप क्षेत्रमा गैरआवासीय नेपाली संघका दुई दर्जनभन्दा बढी राष्ट्रिय समितिहरू रहेका छन्। गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्माले आगामी क्षेत्रीय सम्मेलनको आयोजनाबारे खुशी व्यक्त गर्दै सम्मेलनमा राष्ट्रिय समितिका एजेण्डाहरूमा केन्द्रीत गरेर छलफल गर्न आग्रह गरिन्।

यसअघि, गैरआवासीय नेपाली संघको १५ औं युरोपेली बैठक चेक गणतन्त्रको परागमा १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको थियो।