२९ पुष २०८१, सोमबार
Follow Us

सुस्मिताको हत्या भएको आशंका

नेपालब्रिटेन संवाददाता
१९ पुष २०८१, शुक्रबार १३:१३

काठमाडौं । हिजो बिहिबार महानगरपालिका–९ गौशालास्थित बागमति होटलमा पुस १६ मा सुस्मिता खड्का मृत फेला परिन् । कागेश्वरी मनोहरा नगरपालिकास्थित आलापोट घर भएकी उनी होटलको ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेकी हुन् । पुस १६ मा मध्यान्ह उनीसँगै होटलमा गएका युवक फरार छन् ।

होटलको कोठा ओखलढुंगा घर भएर जापान बस्दै आएका देवबहादुर थापाको नाममा बुक फेला परेको अनुसन्धानमा संलग्न अधिकृतले जानकारी दिएका छन । युवकका परिवार आलापोटमा बस्छन् ।

थापाले आफ्नो सवारी चालक अनुमति पत्रको फोटोकपी होटलमा बुझाएको अनुसन्धानमा संलग्न अधिकृतहरूले जानकारी दिएका छन् । होटल बुक गर्ने युवकको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले जानकारी दिएका छन ।

सुस्मिताको शरीरमा घाउचोट देखिएको छैन । अनुसन्धान अधिकृतहरूले उनको हत्या भएको आशंका गरेका छन् । उनको मृत्युको कारण खुलेको छैन ।