३ माघ २०८१, बिहीबार
Follow Us

माफी नमागेसम्म बिन्दा र उषाकिरणको निलम्बन फिर्ता हुँदैन : ओली

नेपालब्रिटेन संवाददाता
२३ पुष २०८१, मंगलवार १३:५५

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई गरिएको निलम्बन फिर्ता नहुने बताएका छन् ।

केन्द्रीय समिति बैठकमा केही नेताहरूले निलम्बन फिर्ताको माग गरेका थिए । तर बैठक समापनका क्रममा अध्यक्ष ओलीले माफी नमागेसम्म निलम्बन फिर्ता नहुने बताएका हुन् ।

‘सच्चिन तयार हुनुपर्‍यो । गल्ती महसुस हुनु पर्‍यो । त्यतिकै फिर्ता भन्ने हुँदैन’ ओलीको जवाफ थियो । पहिलेदेखि सार्वजनिक रूपमा बोल्दै आएको र निलम्बनको निर्णयपछि पनि मिडियाहरूमा बोल्न नछोडेकाले फिर्ता लिन नमिल्ने ओलीले बताएका थिए ।