काठमाडौं । सरकारले ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेललाइ सिफारिस गर्ने भएको छ । गत पुस २६ गते बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिएका छन ।उनका अनुसार चाँडै राष्ट्रपति पौडेलले ती अध्यादेश प्रमाणीकरण गरेपछि कानुन सरह लागु हुनेछन् ।
सरकारले निर्णय गरेका ५ अध्यादेशः
१. सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनालाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
२. आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
३. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन अध्यादेश, २०८१ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
४. निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
५. भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी सर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।