काठमाडौं । प्रेमिकाको सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको आरोपमा युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ हाँडीगाउँका २७ वर्षीय अभिनाश प्रधान छन् ।
पीडित युवतीले दिएको उजुरीका आधारमा प्रहरीको साइबर ब्युरोले प्रधानलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार प्रेम सम्बन्धमा दरार आएपछि प्रधानले प्रेमिकाको अरुको नग्न फोटोमा प्रेमिकाको टाउको जोडेर सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको उजुरी परेको छ ।
बिहीबार पक्राउ परेका प्रधानमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी विद्युतीय कारोबार ऐन–२०६३ अनुसार कारबाही अघि बढाइएको ब्युरोले जनाएको छ ।