१४ माघ २०८२, बुधबार
Follow Us

लाइसेन्स परीक्षामा ६० प्रतिशत चिकित्सक फेल

नेपालब्रिटेन संवाददाता
१४ माघ २०८२, बुधबार १२:५३

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६० प्रतिशत चिकित्सक फेल भएका छन् ।

काउन्सिलले एमबीबीएस र बीडीएसको ७४ औँ लाइसेन्स परीक्षामा ३९.४५ प्रतिशत चिकित्सक मात्रै उत्तीर्ण भएको रजिष्ट्रार डा. सतिस कुमार देवले जानकारी दिएका छन ।

पुल्चोकस्थित नेपाल इन्जिनियररिङ अध्ययन संस्थान परीक्षा केन्द्रमा कम्प्युटर विधिबाट मंगलबार र बुधबार परीक्षा लिएको थियो । लाइसेन्स परीक्षामा ९४३ जनामध्ये ३७२ मात्रै पास भएका हुन ।

लाइसेन्स परीक्षाका लागि एमबीबीएस र बीडीएसका गरी ९६७ जनाले फारम भरेका थिए । उनीहरूमध्ये २४ जना अनुपस्थित भएको डा. देवले जानकारी दिएका छन ।

मेडिकल (एमबीबीएस तर्फ) ७९३ जनाले फारम भरेका थिए भने ७७५ जना सहभागी थिए । त्यसमध्ये ३०० जना (३८.७ प्रतिशत) मात्रै उत्तीर्ण भएका छन्। यस्तै डेन्टल तर्फ (बीडीएस) मा १७४ जनाले फारम भरेका थिए ।

तर परीक्षाको बेला १६८ जना मात्रै सहभागी भएका उनीहरूमध्ये ७२ जना (४२.८५ प्रतिशत) मात्रै उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।

धेरै पढिएको