३ फाल्गुन २०८१, शनिबार
Follow Us

एनआरएनए यूकेको अध्यक्ष पदमा चन्द्र गुरुङ्गले उम्मेदवारी दिने

नेपालब्रिटेन संवाददाता
५ माघ २०८१, शनिबार २३:३६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्ष पदमा चन्द्र गुरुङ्गले उम्मेदवारी दिने घोषणा गरेका छन्।

संघका केन्द्रीय सदस्य (आइसीसी) रहेका गुरुङ्गले आगामी जुलाई १२ तारिखमा हुने संघको नेतृत्वमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन्।

गुरुङ्ग शनिबार साँझ क्वोंने (घोताने, घोण्डे) गुरुङ्ग (तमु) समाज यूकेद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भने, “साथीहरूको सुझाव र अनुभवको आधारमा आगामी नेतृत्वको लागि उम्मेदवारी दिने निचोडमा पुगेको छु।” उनले अध्यक्ष पदको लागि पछि औपचारिक रूपमा घोषणा गर्ने जानकारी पनि दिए।

गैरआवासीय नेपाली संघको आगामी अक्टोबरमा हुने १२ औं महाधिवेशनको तयारीमा एनआरएनए यूकेले गत हप्तादेखि एमआईएसमार्फत सदस्यता वितरण शुरु गरेसँगै गुरुङ्गले आफ्नो दावी प्रस्तुत गरेका हुन्।