२ फाल्गुन २०८१, शुक्रबार
Follow Us

एमाले महासचिव शंकर पोखरेल जापान जाने

नेपालब्रिटेन संवाददाता
६ माघ २०८१, आईतवार ००:०४

लण्डन । नेकपा एमालेका महासचिव शंकर पोखरेल जापान जान लागेका छन्।

नेकपा एमालेका केन्द्रीय सदस्य डा. सूर्य पाठकका अनुसार पोखरेल प्रवासी नेपाली मञ्च जापानको आयोजनामा हुने खुल्ला अन्तरक्रिया कार्यक्रममा सहभागी हुन टोकियो जान लागेका हुन्।

पोखरेलले आगामी फेब्रुअरी १ र २ तारिख जापानमा आयोजना हुने कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछन्।

उनले जापानमा रहँदा देशको समसामयिक परिवेश तथा नेपालको आर्थिक विकासमा प्रवासी नेपालीहरूको लगानीका अवसर र चुनौतीका विषयमा त्यहाँस्थित नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम गर्ने योजना बनाएका छन्।