६ भाद्र २०८२, शुक्रबार
Follow Us

एनआरएनए इंग्ल्यान्ड परिषदद्धारा राजदूत घिमिरेको स्वागत

नेपालब्रिटेन डट कम्
१६ माघ २०८१, बुधबार २०:३७

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) इंग्ल्यान्ड राज्य समन्वय परिषदले हालै कार्यभार सम्हाल्न बेलायत आएका राजदूत चन्द्र कुमार घिमिरेलाई स्वागत गरेको छ।

बुधबार परिषदका अध्यक्ष शम्भुप्रसाद अर्यालको नेतृत्वमा लन्डनस्थित दूतावास पुगेर राजदूत घिमिरेलाई स्वागत गरिएको हो ।

सो अवसरमा राजदूत घिमिरेसंग बेलायतवासी नेपाली समुदायका चासो र सरोकार रहने विभिन्न विषयमा अन्तरक्रिया समेत गरिएको थियो ।

भेटमा अध्ययनरत नेपाली विद्यार्थीका समस्या, भूतपूर्व गोर्खा मुद्धादेखि नेपाल र बेलायतबीचको व्यापार सम्बन्ध बिस्तार, बेलायतमा नेपाली साहित्यको प्रवर्द्धनजस्ता विषयहरुमा पनि राजदूतसंग छलफल गरिएको थियो ।

सो अवसरमा राजदूत घिमिरेले बेलायतस्थित समुदायका सरोकारका विषयहरुबारे जानकारी गराएकोमा धन्यवाद दिए। दूतावासबाट आवश्यक समन्वय र सहयोगका लागि उनले प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा मिडल्यान्डको कोभेन्ट्रीवासी सामाजिक अभियन्ता गोविन्द सापकोटा, बेक्सली नेपाली समाजका पूर्व अध्यक्ष आनन्द धरेल, शान्ति नेपाली समाज बेलायतका अध्यक्ष रामप्रसाद न्यौपाने, नटिङहम नेपाली समाजका महासचिव रेशम खड्का, मीना न्यौपाने लगायतको सहभागिता थियो।

एनआरएनए इंग्ल्यान्ड परिषद सचिव अञ्जु कुंवरले सञ्चालन गरेको कार्यक्रममा दूतावासका प्रथम सचिव उद्धव न्यौपाने पनि उपस्थित थिए।

धेरै पढिएको