८ भाद्र २०८२, आईतवार
Follow Us

एक जनाले आफ्नै घरमा आगो झोसेपछि…

नेपालब्रिटेन संवाददाता
१९ माघ २०८१, शनिबार १४:०६

धनगढी । धनगढीमा एक जनाले आफ्नै घरमा आगो लगाएका छन्।

धनगढी उपमहानगरपालिका–१५ कनरी वसन्त टोलका ३० वर्षीय गोपिन्द शाहले आफ्नै घर र परालको थुप्रोमा शनिबार आगो लगाएको प्रहरीले जनाएको छ।

उनले मदिरा सेवन गरी आफ्नै कच्चि घर र घर नजिकै रहेको परालको थुप्रोमा आगो लगाएका हुन्। उक्त आगलागीबाट शाहको १ लाख ८० हजार बराबरको क्षति भएको छ। उनी अहिले फरार रहेको जनाइएको छ।

धेरै पढिएको