लन्डन। बुद्ध फाउन्डेसन यूकेले लन्डनमा बुद्धजयन्ती मनाउन तयारीमा जुटेको छ।
बुद्ध फाउन्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा बुधबार नेपाली दूतावास लन्डन पुगेको प्रतिनिधिमण्डलले दूतावाससमेतको सहकार्यमा फाउन्डेसनले आगामी मे महिनाको पहिलो साता लन्डनको ट्राफल्गर स्क्वायरमा गर्ने बुद्धजयन्ती कार्यक्रमको तयारीबारे छलफल गरेको हो।
सो अवसरमा गत महिना मात्रै कार्यभार सम्हालेका बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेलाई स्वागत गरिएको थियो।
फाउन्डेसनबाट अध्यक्ष श्रेष्ठसंगै उपाध्यक्षहरु अर्जुन कटुवाल र सुशील प्रजापति, महासचिव डा. सुरजमणि पौडेल, सचिव अञ्जना थापा, कार्यसमिति सदस्यहरु ह्यारी गुरुङ, राम थापा, ध्रुवहरि बास्कोटा, सम्झना महत तथा सल्लाहकारहरु फडिन्द्र भट्टराई र विनोद ज्ञवालीलगायतको प्रतिनिधिमण्डल दूतावास पुगेको थियो।
सो अवसरमा राजदूत घिमिरेले स्वागतका लागि फाउन्डेसनलाई धन्यवाद दिए। छलफलमा दूतावासको तर्फबाट प्रथम सेक्रेटरी उद्धव न्यौपाने समेतको सहभागीता रहेको थियो।