लण्डन । गैरआवासीय नेपाली संघले आगामी आइतवार पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ। गैरआवासीय नेपाली संघका यूरोप संयोजक चिरन्जीबी खड्काका अनुसार, संघको मार्च महिनाको अन्तिम साता माल्टामा आयोजना हुने युरोपेली बैठकको बारेमा जानकारी दिने उद्देश्यले सो पत्रकार सम्मेलन आयोजना गरिने हो। संघको १६औं युरोपेली क्षेत्रीय सम्मेलन आगामी मार्च २८ देखि ३० तारिखसम्म माल्टामा हुनेछ।
यूरोपभरिका नेपाली समुदायलाई एकत्रित गर्दै, संघको ऐतिहासिक र गौरवपूर्ण योगदानलाई थप मजबुत बनाउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको खड्काले जनाए। सम्मेलनको औपचारिक घोषणा गर्नको लागि सो पत्रकार सम्मेलनको तयारी गरिएको एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनालले जनाए।
पत्रकार सम्मेलनको अवसरमा सहभागी हुन सबै सरोकारवालालाई निमन्त्रणा गरिएको एनआरएनए यूरोप सचिव भुवन अर्यालले जनाए।
कार्यक्रम विवरण
मिति: १६ फेब्रुअरी २०२५ (आइतबार)
समय:
यूरोप: अपराह्न ४ बजे
यूके: अपराह्न ३ बजे
नेपाल: साँझ ८:४५ बजे