३१ असार २०८२, मंगलवार
Follow Us

सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो

नेपालब्रिटेन संवाददाता
५ फाल्गुन २०८१, सोमबार ०६:०२

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार २ सय रुपैयाँले बढेर एक लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

धेरै पढिएको