मुख्य समाचार

एमाले वेलायतद्धारा पार्टी एकताको स्वागत

लण्डन । वेलायतस्थित नेकपा एमाले निकटसंस्था प्रवासी नेपाली मन्चले एमाले र माओवादी बीचको एकताको स्वागत गरेको छ । मंचका अध्यक्ष राजेन्द्र पुडासौनीद्धारा सोमवार जारी विज्ञप्ति नेकपा एमाले र नेकपा एमाओबादी बीच आज भएको एकताको घोषणा प्रती प्रवासी नेपाली मंच युके हार्दिक स्वागत ब्यक्त गर्दछ भनिएको छ।

विज्ञप्तिमा नेपालका प्रमुख दुई कम्युनिष्ट पार्टीका बिच भएको यस ऐतिहॉंसिक घोषणाले २०१८ साल देखी छिन्न भिन्न भएका कम्युनिष्ट आन्दोलनलाई एकजुट गरी नेपालको बिकास र सम्बृध्दीको नेतृत्ब बामपंथीहरूलाई सुम्पेको मात्र नभई शान्तिपूर्ण रूपमा कम्युनिष्ट हरूले निर्बाचन मार्फत जनबादी क्रान्ति सम्पन्न गर्न सक्छन भनेर बिश्व कम्युनिष्ट आन्दोलनलाई एक अनुभव समेत प्रदान गरेको छ। पार्टी एकताको यस महान अबसरमा समाजबादको सुगम यात्राको लागी संपूर्ण बामपंथी, प्रगतिशील तथा देशभक्त शक्तीहरूलाई हार्दिक शुभकामना तथा बधाई टक्र्याउन चाहन्छौं उल्लेख छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्