काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलील तोप नै हाने पनि बर्तमान (कांग्रेस–एमाले) नेतृत्वको सरकार नढ्ल्ने बताएका छन ।
आज (सोमबार) लुम्बिनी प्रदेशसभामा सोमबार विशेष सम्बोधन गर्दै उनले १७ महिनालाई तोप नै हाने पनि सरकार नढल्ने दाबी गरेका हुन । उनले भने, ‘अब १७ महिना मैले प्रधानमन्त्री चलाउँछु, त्यसपछि नेपाली कांग्रेसको सभापति शेर बहादुर देउवा ज्युलाई हस्तान्तरण गर्दछु ।
यो त डिक्लिएर छ। म आफै छोड्छु नि मैले। केपी ओलीलाई हराउन कुनै बल लगाउनु पर्दैन आफै छोड्छु। छिटो पकाउन औषधि हाल्ने केरा जस्तो होइन् म। १७ महिनालाई तोप हाने पनि सरकार ढल्दैन ।’