३१ असार २०८२, मंगलवार
Follow Us

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलामा पाँच सयले बढ्यो

नेपालब्रिटेन संवाददाता
१३ फाल्गुन २०८१, मंगलवार ०६:०४

काठमाडौं। नेपाली बजारमा मंगलबार सुन प्र्रतितोला पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला एक लाख ७१ हजार तीन सय रु्रपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आजको सुनको भाउ इतिहासकै उच्च विन्दु हो । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि गत कात्तिक १५ र फागुन ८ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य भने घटेको छ । आज तोलामा १५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७० रुपैयाँ कामय भएको महासंघले जनाएको छ । हिजो चाँदी एक हजार नौ सय ८५ रुपैयाँमा कारोबा भएको थियो ।

धेरै पढिएको