३१ असार २०८२, मंगलवार
Follow Us

साफ यू-२० महिला च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिड्दै

नेपालब्रिटेन संवाददाता
३१ असार २०८२, मंगलवार ०३:३६

काठमाडौं । २० वर्ष मुनिको साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दै छ । खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामा हुनेछ । यसअघि सम्पन्न खेलमा नेपालले दुई खेलमा एक जित र एक हार बेहोरेको थियो ।

नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–२ गोल अन्तरले पराजित भएको थियो । श्रीलंका पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा भुटानसँग पराजित भएको थियो ।

नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता साउन ६ गते सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २–२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।

नेपालले अब अर्को खेल साउन १ गते श्रीलंकाविरुद्ध, तीन गते भुटान र पाँच गते बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।

धेरै पढिएको