२७ असार २०८२, शुक्रबार
Follow Us

बन मन्त्री शाही बेलायत आउने

नेपालब्रिटेन डट कम्
२८ फाल्गुन २०८१, बुधबार २०:१७

लण्डन । बन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी वेलायत भ्रमणमा आउने भएका छन् ।

उनी लण्डनमा आयोजना हुने जलवायु–प्रकृति विकास सम्बन्धमा पानी सुरक्षासम्बन्धी कार्यक्रममा सहभागी हुन वेलायत आउन लागेका हुन् ।

विहिवार लण्डन आइपुग्ने मन्त्री शाही सो कार्यक्रम सम्पन्न गरी आगामी आइतवार नेपाल फर्किने कार्यक्रमतय भएको छ ।

मन्त्री शाहीको स्वागत तथा सम्मानमा बेलायतस्थित नेपाली राजदुत चन्द्र कुमार घिमिरेले शुक्रबार सांझ लन्डन दुताबासमा एक भेटघाट तथा रात्री भोजको आयोजना गरेका छन् ।

धेरै पढिएको