३० असार २०८२, सोमबार
Follow Us

बानेश्वरमा दलित अभियन्ताको अर्धनग्न प्रदर्शन

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०८१, शुक्रबार १३:४१

काठमाडौं । आज (शुक्रबार) अन्तर्राष्ट्रिय जातीय विभेद विरूद्धको दिवसका अवसरमा राजधानीमा प्रदर्शन भएको छ । आज काठमाडौंको बानेश्वरमा दलित अभियन्ताहरुले प्रदर्शन गरेका हुन् ।

‘दलितलाई खै’ भनि लेखिएको नारासहित अर्धनग्नसमेत बनेर प्रदर्शनमा सहभागी भएकाहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीबेर तनावको स्थिति समेत बनेको थियो ।

सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच निषेधित क्षेत्रमा केहीबेर धकेलाधकेल समेत भएको छ ।

धेरै पढिएको