१५ फाल्गुन २०८२, शुक्रबार
Follow Us

रोल्पाबाट चुनावी अपिलसहित सार्वजनिक सम्बोधन गर्दै ‘प्रचण्ड’

नेपालब्रिटेन संवाददाता
१५ फाल्गुन २०८२, शुक्रबार १३:४९

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाबाट चुनावअघिको अन्तिम सार्वजनिक सम्बोधन गर्ने भएका छन् ।

शनिबार रोल्पाको सदरमुकाम लिबाङ टुँडिखेलमा उनले चुनावका लागि सार्वजनिक अपिल गर्ने नेपाली कम्युनिष्ट पार्टी रोल्पाका इन्चार्ज राजबहादुर बुढाले जानकारी दिए ।

चुनावअघि देशभर कुनै ठुला कार्यक्रम नरहेको र रोल्पाबाट सार्वजनिक सन्देशसहित चुनावी सम्बोधन गर्ने ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । चुनावी गठबन्धन वा तालमेलको हल्लाबारे प्रचण्डले यही चुनावी सभाबाटै आफ्नो धारणा व्यक्त गर्ने बुझिएको छ ।

नेपाली राजनीतिको निर्णायक मोडमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका ‘प्रचण्डले रोल्पाबाट के सन्देश दिन्छन् ?’ भन्ने कुरालाई सबैले चासोपूर्वक हेरिरहेका छन् ।

‘प्रचण्ड’को सम्बोधनलाई भौतिकरुपमा पनि भव्य बनाउन नेपाली कम्युनिष्ट पार्टी रोल्पाले व्यापक तयारी गरेको जिल्ला इन्चार्ज राजबहादुर बुढा बताए। उनका अनुसार शनिबार लिबाङमा करिब १५ हजार मानिसले ‘प्रचण्ड’ सहभागी कार्यक्रमलाई प्रत्यक्ष अवलोकन गर्ने बताइएको छ ।

धेरै पढिएको