३० असार २०८२, सोमबार
Follow Us

दुर्गा प्रसाईं भागेको गाडी प्रहरीले नियन्त्रणमा लियो, भेटिएनन् प्रसाईं

नेपालब्रिटेन संवाददाता
२२ चैत्र २०८१, शुक्रबार ०६:१४

काठमाडौं । राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंले भाग्ने क्रममा प्रयोग गरेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । बिएबी ४२०८ नम्बरको एसयुभी गाडी प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय रानीपोखरीको टोलीले इटहरीबाट नियन्त्रणमा लिएको हो ।

उक्त कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले गाडी इटहरीबाट ल्याइसकिएको बताए । प्रसाईं गत १५ चैतमा तिनकुनेमा भएको राजावादी समूहको हिंसात्मक आन्दोलनका जनकमाण्डर थिए ।

उनलाई १४ चैतमा पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मलनिवास बोलाएर जनकमाण्डर तोकेका थिए । आन्दोलनका क्रममा प्रहरीमाथि नै गाडी गुडाउन खोजेका प्रसाईं तिनकुनेस्थित एक सटरमा लुकेका थिए । उनका समर्थकले सटरबाट निकालेर गाडीमा भगाएका थिए ।

धेरै पढिएको