काठमाडौं । नयाँ नेतृत्व चयन भएपछि कांग्रेस पहिलो केन्द्रीय कार्यसमिति बैठक आज (शनिबार) बस्दैछ । बैठक आज बिहान साढे ११ बजेका लागि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता पाएपछि । आज पहिलो बैठक बस्न लागेको हो । बैठकमा सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागिको आग्रह गरीएको छ ।
यसअघि देउवा पक्षले पनि आफू नै आधिकारिक रहेको दाबी गर्दै आयोगमा निवेदन दिएको भए तापनि आयोगले थापा पक्षलाई नै वैधानिकता दिएको हो । आधिकारिकता पाएसँगै सभापति थापा आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने गृहकार्यमा जुटेका छन् । आजको बैठकमा उम्मेदवार छनोटका मापदण्ड र पार्टीभित्रको आन्तरिक व्यवस्थापनका विषयमा पनि ठोस निर्णय हुन सक्ने बुझिएको छ ।
विशेष महाधिवेशनपछि बसेको बिहीबारको बैठकले आधिकारिकताका लागि आवश्यक कागजात आयोगमा पेस गर्ने निर्णय गरेको थियो ।