लण्डन । संसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले बेलायत आउने भएका छन्।
डा. वाग्ले रास्वपा प्रवास नेपाली सम्पर्क विभाग बेलायतको पहिलो अधिवेशनमा भाग लिन बेलायत आउन लागेको बेलायतस्थित रास्वपा प्रवास नेपाली सम्पर्क विभागका प्रवक्ता विष्णु चालिसेले जानकारी दिएका छन्।
डा. वाग्लेले अप्रिल २८ तारिख लेस्टर शहरमा आयोजना हुने पार्टीको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
बेलायत बसाइका क्रममा डा. वाग्लेले यहाँस्थित विभिन्न संघ–संस्था तथा समाजका अगुवाहरूसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रमसमेत रहेको छ।