१० बैशाख २०८२, बुधबार
Follow Us

नयाँ वर्षमा विनय अधिकारीको भावुक प्रस्तुति ‘आमा जेलैमा’ सार्वजनिक (भिडियो)

नेपालब्रिटेन डट कम्
१ बैशाख २०८२, सोमबार २०:५७

लन्डन । लन्डनका युवा व्यवसायी तथा एनआरएन अभियन्ता विनय अधिकारीले नयाँ वर्षको अवसर पारेर मर्मस्पर्शी गीत ‘आमा जेलैमा’ सार्वजनिक गरेका छन्।

वैशाख १ गते आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा आमा र सन्तानबीचको दूरी र भावनात्मक वेदनालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। खेम सेन्चुरी र देवी घर्तीको स्वर, कृष्ण लामिछानेको संगीत तथा निर्देशनमा बनेको भिडियोमा अधिकारी, सुस्मिता चौलागाईं र रश्मी भट्टको अभिनय छ।

गीतमार्फत पैसा कमाए पनि आमाको माया साट्न नसकिने सन्देश दिइएको छ। यसअघि ‘यूके बस्ने माया’ लगायतका गीतमार्फत दर्शकको मन जितिसकेका अधिकारी शैक्षिक परामर्शदाता र ग्लोबल गोर्खा समाजका संरक्षक पनि हुन्।