२५ असार २०८२, बुधबार
Follow Us

सञ्चारिका समूहको अध्यक्षमा पन्थी निर्वाचित

नेपालब्रिटेन डट कम्
६ बैशाख २०८२, शनिबार ०१:१५

काठमाडौँ — सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् । शुक्रबार समूहको सम्पन्न ९ औं महाधिवेशनले अध्यक्ष र ५ पदाधिकारीसहित ८ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

समूहको महासचिवमा भने राधा खनाल सर्वसम्मतिले चयन भइन् । समूहको उपाध्यक्षमा बसन्ती बास्तोला, सचिवमा उर्वशी बस्न्यात र कोषाध्यक्षमा साजना तामाङ निर्वाचित भएका छन् ।

यसैगरी समूहको केन्द्रीय सदस्यहरूमा कालिका शिवाकोटी, कल्पना शर्मा, अजवी पौड्याल, दीपा रेग्मी, तारा चापागाईं, देवी सापकोटा, विष्णु पन्थी र सम्झना वन निर्वाचित भएका छन् ।

नव निर्वाचित अध्यक्ष पन्थीले सञ्चारिका समूहको उद्देश्यअनुसार काम गर्ने बताइन् । ‘सञ्चारिका स्थापनाको लक्ष्यलाई नै हामीले बलियो ढंगबाट अगाडि बढाउने छौँ,’ उनले भनिन् ।

धेरै पढिएको