३२ असार २०८२, बुधबार
Follow Us

रास्वपा प्रवास बिभाग युकेको प्रथम महाधिवेशन भब्य रुपले सम्पन्न (फोटोफिचरसहित)

नेपालब्रिटेन संवाददाता
१७ बैशाख २०८२, बुधबार ११:०२

लण्डन। रास्वपा प्रवास नेपाली सम्पर्क विभाग युकेको प्रथम महाअधिबेश भब्य रुपमा सम्पन्न भएको छ। द जंगल क्लब लेस्टरमा खचाखच सहभागीहरुका बीचमा सम्पन्न भएको सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा रास्वपाका उपसभापति डा स्वर्णिम बाग्ले रहेका थिए ।

प्रवास सम्पर्क बिभागका प्रवक्ता बिष्णु चालिको स्वागत मन्तब्यबाट सुरु भएको उक्त कार्यक्रमको संचालन संस्थाका महामन्त्री राजु कडेलले गर्नुभएको थियो।

रास्वपा बेलायतका अध्यक्ष पवन शर्माको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको उदघाटन पार्टीका उपसभापति एवम वाग्ले र बेलायतका अध्यक्ष पवन शर्माले संयुक्त रुपमा पानसमा बत्ति बालेर गर्नु भएको थियो।

अधिबेशनले विभिन्न प्रस्तावहरु पारित गर्दै सर्वसम्मत रुपमा प्रदुम्न्न राज (पवन) शर्माको अध्यक्षतामा आगामि २ वर्षका लागि २१ सदस्यीय कार्यसमिति पनि चयन गरेको थियो।

नयाँ कार्यसमिति चयनको कार्य डा. मिलन ज्ञवालीको संयोजकत्वमा गठित डा. प्रकाश पाण्डे र पंकज अर्याल सम्मिलित निर्वाचन समितिले सम्पन्न गरेको थियो।

नवनिर्वाचित कार्यसमितिको सभापतिमा प्रधुम्नराज (पवन)शर्मा,उपाध्यक्षमा कोलेश्वर ढकाल,महामन्त्रीमा कृष्ण लुईटेल,सहमहामन्त्रीमा रमेश बेलबासे, कोषाध्यक्षमा बाबुराम न्यौपाने निर्बिरोध चयन हुनु भएको छ। त्यस्तै सदस्यहरुमा हरिहर भट्टराई,आदर्श श्रेष्ठ,धन गुरुड्ग,दिनेश खरेल,खीमलाल गौतम,मंजु डुम्रे,पार्वती कडेल, राजु सापकोटा,राम प्रसाद सुबेदी,रिषी कडरिया,सौरव ओझा,शीवराज आचार्य,शुभाष चौलागाई,तुल कार्की, गोमा पौडेल समेत निर्बिरोध निर्बाचित हुनुभएको छ।

नवनिर्वाचित समितिलाई पार्टीका केन्द्रीय उपसभापति डा. वाग्लेले पद तथा गोपनियताको सपथ गराउनुभएको थियो।

रास्वपा बेलायतका अध्क्ष पवन शर्माले कार्यक्रम सफल पार्न कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिदै युवाहरुको एकताले नेपाल बन्ने बताउनु भएको थियो। भब्य सब्य र अनुशासित रुपमा सम्पन्न भएको उक्त कार्यक्रममा ३०० बुध्दिजीवी र रास्वपा कार्यकर्ताहरुको उपस्थिती थियो।

साथै पार्टी उपसभापति तथा कार्यक्रमका प्रमुख अतिथि डा.स्वर्णिम वाग्लेले पार्टी सुशासनको मुद्दालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने र आफ्नै पार्टीमा पनि कहिँकतै अनियमितता भएको पाइए त्यसप्रति निर्मम ढंगले प्रस्तुत हुने बताउनु भयो। देशमा ब्याप्त भ्रस्टाचार र बेथितिको अन्त्यकालागि आगामि २०८४ मा सम्पन्न हुने आम निर्वाचनमा निर्णायक धक्का दिनको लागि तयार रहन सम्पुर्ण प्रवास वासि नेपाली हरुलाई आह्वान गर्नुभयो।

धेरै पढिएको