७ जेष्ठ २०८२, बुधबार
Follow Us

‘बलिदान’को प्रि-टिजरमा विराज भट्टको न्यारेसन

नेपालब्रिटेन संवाददाता
१८ बैशाख २०८२, बिहीबार ०५:२२

काठमाडौं । आगामी दशैंको फूलपाती (सेप्टेम्बर २९)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’को प्रि-टिजर सार्वजनिक गरिएको छ । अभिनेता समीर भट्टको जन्मदिनको अवसरमा सार्वजनिक ४२ सेकेण्ड लामो टिजरमा उनी मात्र चित्रित छन् । टिजरको सुरुवातको दृश्यले फिल्ममा समीर कुनै समुदायको शक्तिशाली पात्रको रुपमा रहेको संकेत गर्छ ।

रिसाहा भावमा प्रस्तुत भएका उनको टिजरमा एउटा डाइलग पनि छ, ‘आमाको पीर, यो देशको शिर कहिल्यै झुक्न नदिने सपूत हुँ म ।’ टिजरको अन्तिममा उनको आक्रोशपूर्ण चिच्याहटले दृश्यलाई अझ प्रभावशाली बनाएको छ ।फिल्मका निर्देशक सन्तोष सेनले समीरलाई युगपुरुषको संज्ञा दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘नेपाली फिल्म जगतमा समीरको प्रवेशले एक नयाँ युगको थालनी गर्नेछ ।फिल्ममा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, सन्तोष सेन, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतको अभिनय रहेको छ ।

यसमा ऋचाले समीरकी आमाको भूमिकामा अभिनय गरेकी छन् । ‘प्रेमगीत’ निर्माण कम्पनी ‘आसुसेन फिल्म्स्‌’को प्रस्तुति रहेको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् । कलाकार प्रेम पुरी कार्यकारी निर्मातामा रहेका छन् ।