३१ श्रावण २०८२, शनिबार
Follow Us

बजेट बनाउँदा समानुपातिक सांसदलाई विभेद गर्न खोजिएको गुनासो संसदमा व्यक्त

नेपालब्रिटेन संवाददाता
१ जेष्ठ २०८२, बिहीबार १५:३५

काठमाडौँ । बजेट बाँडफाँटमा समानुपातिक सांसदलाई विभेद गर्न खोजिएको गुनासो संसदमा व्यक्त भएको छ । बिहीबार प्रिबजेट छलफलमा बोल्दै नेपाली काँग्रेसकी सांसद जावेदा खातुन जागाले यस्तो गुनासो गरेकी हुन् ।

‘संविधानले मिश्रित निर्वाचन प्रणाली अपनाइसकेपछि सबै सांसदहरू बराबर हुन् । यसकारणले गर्दा बजेट बाँडफाँटमा समानुपातिक सांसदलाई विभेद गर्ने जस्तो कुरा आइराखेको छ । यो सुधार्न जरुरी छ,’ उनले भनिन् । सांसद खातुनले पछाडि परेका वर्गलाई ध्यान दिएर बजेट ल्याइनुपर्ने बताइन् ।

धेरै पढिएको