१ श्रावण २०८२, बिहीबार
Follow Us

एनआरएनए १२ औँ महाधिवेशन : युरोपका दुई दर्जनभन्दा बढी देशमा सदस्यता वितरण सुरू

नेपालब्रिटेन संवाददाता
४ जेष्ठ २०८२, आईतवार २१:२४

लन्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबर २०२५ मा हुने १२ औँ महाधिवेशनका लागि तयारी तीव्र बनाएको छ। युरोप क्षेत्रका संयोजक चिरञ्जीवी खड्काका अनुसार महाधिवेशनलाई लक्षित गरि सदस्यता वितरण अभियान तीव्रगतिमा अघि बढाइएको छ। आइतबार साँझसम्म २५ वटा देशका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूले ‘मेम्बर इन्फर्मेसन सिस्टम’ (एमआइएस) मार्फत सदस्यता नवीकरण र नयाँ दर्ता खुला गरिसकेका छन्। युरोपमा कूल ३० देशमा एनसीसी गठन भइसकेको छ।

संघको विधानअनुसार सबै एनसीसीहरू ले सन् २०२५ को जुलाईभित्र आफ्ना अधिवेशन सकेर नयाँ नेतृत्व चयन गर्नुपर्छ। आगामी अक्टोबरमा हुने १२ औँ महाधिवेशनमा प्रतिनिधि पठाउन र उम्मेदवार बन्न प्रत्येक एनसीसीले अधिवेशनमार्फत प्रतिनिधि चयन गर्नु अनिवार्य छ।

युरोपमा हालसम्म सदस्यता वितरण भइरहेको देशहरूको सूची यसप्रकार छः

१. स्विडेन
२. पोर्चुगल
३. चेक गणतन्त्र
४. पोल्यान्ड
५. संयुक्त अधिराज्य (यूके)
६. फ्रान्स
७. जर्मनी
८. आयरल्याण्ड
९. स्विट्जरल्यान्ड
१०. स्पेन
११. रुस
१२. किर्गिस्तान
१३. लक्जेम्बर्ग
१४. अष्ट्रिया
१५. बेल्जियम
१६. साइप्रस
१७. नर्वे
१८. फिनल्यान्ड
१९. ग्रीस
२०. इजरायल
२१. इटली
२२. माल्टा
२३. नेदरल्याण्ड्स
२४. टर्की
२५. हङ्गेरी

(मोल्डोभा, स्लोभेनिया, रोमानिया, क्रोएसिया र आइसल्यान्डसहित बाँकी पाँच देशले पनि छिट्टै सदस्यता वितरण खोल्ने तयारी गरिरहेका छन्।)

धेरै पढिएको