८ भाद्र २०८२, आईतवार
Follow Us

युवामा जोश र होश दुवै चाहिन्छः खेलकुदमन्त्री चौधरी

नेपालब्रिटेन संवाददाता
१४ जेष्ठ २०८२, बुधबार १०:४४

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कानून, विधि र पद्धतिप्रति सचेत भइ काम गर्दा मात्रै युवाहरुको वर्तमान अपेक्षा पूरा हुने बताएका छन् ।

बुधवार ललितपुरमा आयोजित नमूना संयुक्त राष्ट्रसंघीय अभ्यास २०२५ मा बोल्दै चौधरीले यस्तो बताएका हुन् । खेलकूद मन्त्री चौधरीले कानून, विधि र पद्धतिप्रति सचेत रही त्यसअनुसार व्यवहार गर्ने बानीको विकासले युवाको वर्तमानको अपेक्षा पूरा गर्न सकिने बताए। चौधरीले युवामा जोश र होश दुवै हुनुपर्ने पनि बताए । मन्त्री चौधरीले आफ्नो कार्यक्षेत्र र जिम्मेवारीलाई कुशलतापूर्वक ग्रहण गर्नसके उपलब्धि हाँसिल हुने उल्लेख गरे ।

मन्त्री चौधरीले युवाहरुले नेतृत्व विकास गर्दै आत्मसम्मान, उद्यमशिलता, स्वआर्जन र स्टार्टअपमार्फत असल नागरिकको भुमिकामा आफूलाई उभ्याउन सक्नुपर्ने बताए ।

धेरै पढिएको