३० श्रावण २०८२, शुक्रबार
Follow Us

दरवारमार्ग क्षेत्रमा निषेधाज्ञा जारीपछि राजावादीहरुको प्रदर्शन स्थल परिवर्तन

नेपालब्रिटेन संवाददाता
१७ जेष्ठ २०८२, शनिबार १०:३६

काठमाडौं । काठमाडौंको नारायणहिटी दरवार क्षेत्रमा निषेधाज्ञा जारी गरिएपछि राजावादीहरुले शनिबारको प्रदर्शन स्थल परिवर्तन गरेका छन् । दरवारमार्ग क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेपछि शनिबारको प्रदर्शन रत्नपार्कस्थित शान्तिबाटिकामा हुने संयुक्त जनआन्दोलन समितिले जनाएको छ ।

शुक्रबार राजावादीहरुको प्रदर्शनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार संग्रहालय क्षेत्र वरपरि निषेधाज्ञा जारी गरेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी आदेशमा निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढि व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न नपाइने उल्लेख छ ।

निषेधाज्ञा जेठ १७ गते शनिबार देखि आगामी असार २४ गतेसम्म लागू हुने छ । निषेधाज्ञा केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटसम्म लगाइएको हो ।

बिहीबारदेखि राजावादी प्रदर्शन शुुरु भएसँगै सुरक्षा चुनौती बढेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएको छ ।

धेरै पढिएको