३१ श्रावण २०८२, शनिबार
Follow Us

संबैधानिक आयोगका काममा प्रधानमन्त्रीलाई जोड्नु ठिक भएन : एमाले

नेपालब्रिटेन संवाददाता
२२ जेष्ठ २०८२, बिहीबार १४:३४

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संबैधानिक आयोगले गरेका काममा प्रधानमन्त्रीलाई जोड्नु उपयुक्त नभएको बताएका छन् ।पुर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अख्तियारले मुद्धा दायर गरेको विषयमा संसद परिसरमा पत्रकारहरुसँग कुरा गर्दै बर्तौलाले यस घटनामा प्रधानमन्त्रीलाई जोडेर नबोल्न आग्रह गरेका हुन् । उनले राज्यका अंगहरुमाथि फितलो टिप्पणी गर्नु ठिक नभएको भन्दै बर्तौलाले सस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीलाई नजोडन अनुरोध गरेका छन् ।उनले भनेका छन्- यस प्रकारको आरोप लगाउने कुरा उहाँहरुको स्वास्थ्यको लागि पनि राम्रो कुरा होइन । प्रधानमन्त्रीलाई यस विषयमा किन रुची हुनुपर्यो । संबैधानिक आयोगले गरेका काम प्रक्रियाका बारेमा प्रधानमन्त्रीले गर्यो भनेर आरोप लगाउदै जाने र राज्यका अंगहरुमा यस प्रकारका फितलो टिप्पणी राम्रो भएन । उसले गरेका कामका बारेमा राज्यका अन्य कानुन बमोजिमका निर्माण भएका अदालती संरचनाहरु छन्, त्यहिबाट यसको उपयुक्त व्याख्या हुनुपर्छ । यस प्रकारको सस्तो लोकप्रियताको लागि अभिव्यक्ति नदिन उपयुक्त हुन्छ ।’अख्तियारले विहिबार पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरेको छ ।

मुद्धा दायर भएसँगै अध्यक्ष नेपालको सांसद पद निलम्बित भएको छ । भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३३ को व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ ।तत्कालीन प्रधानमन्त्री नेपालकै निर्देशनमा पतञ्जलीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिएका थिए । २०६६ सालमा भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५९३ रोपनी जग्गा खरिद गरी ३५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको थियो ।

धेरै पढिएको