३१ श्रावण २०८२, शनिबार
Follow Us

सप्तरीमा डाँका समूहद्वारा लुटपाटसँगै एकको हत्या

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०८२, शुक्रबार ०५:३९

सप्तरी । डाकाको एक समूहले सुरुङगा नगरपालिका-८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्या समेत गरेको छ ।

बिहीबार राति डाकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्या समेत गरेको प्रहरीले जनाएको छ । डाकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन् ।

चौधरीको घरबाट सुन चाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाकाहरूको खोजी भइरहेको बताएको छ ।

धेरै पढिएको