८ भाद्र २०८२, आईतवार
Follow Us

प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटी बुझाएर रिहा

नेपालब्रिटेन संवाददाता
३० जेष्ठ २०८२, शुक्रबार ०५:०४

काठमाडौँ- जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश धु्रवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईँसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो ।

अदालतले सोही घटनामा संलग्न ३२ जनालाई १० हजारदेखि एक लाख रुपैयाँसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ ।

धेरै पढिएको