२८ असार २०८२, शनिबार
Follow Us

टी-२० सिरिज : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

नेपालब्रिटेन संवाददाता
५ असार २०८२, बिहीबार ०५:३१

काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी २० श्रृखलामा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपालले पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँग दोस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सको दोस्रो खेल आज साँझ ७ बजेर ४५ मिनेटमा हुनेछ ।

तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्दै चार अंक बनाएको छ । दुई खेल खेलेको नेपालले भने एक हार र एक जित निकाल्दै दुई अंक मात्र बनाएको छ । पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको नेदरल्यान्ड्सले दोस्रो खेलको तेस्रो सुपर ओभरमा नेपाललाई हरायो भने तेस्रो खेलमा स्कटल्यान्डमाथि १७ रनको जित निकाल्यो ।

पहिलो खेलमा नेदरल्यान्ड्समाथि ३९ रनको जित निकालेको स्कटल्यान्ड भने दोस्रो खेलमा नेपालसँग दुई विकेटले पराजित भएको थियो । नेपाल र स्कटल्यान्डले अन्तिम खेल शुक्रबार खेल्नेछन । समान दुई अंक भए पनि तालिकामा रनरेटका आधारमा स्कटल्यान्ड दोस्रो र नेपाल तेस्रो स्थानमा छन ।

सिरिजको उदघाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हरायो । तेस्रो खेलमा नेपालले आयोजक स्कटल्यान्डलाई दुई विकेटले र चौथो खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई १७ रनले पराजित गरेको छ ।

धेरै पढिएको