काठमाडौँ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्रसँग सम्बन्धित विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले आफूलाई निर्दोष प्रमाणित गरिसकेको बताएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अनुसन्धान सकिँदा पनि आफ्नो तस्बिर जोडेर बदनाम गर्ने प्रयास भइरहेको भन्दै उनले असन्तुष्टि समेत पोखेका छन् ।